नियम
प्रतिष्ठानस्तरको ट्रेड प्रतिष्ठानस्तरको दर्ताको लागि दरखास्त :

(१) ऐनको दफा ३ को उपदफा
(२) बमोजिम प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ता गराउनको लागि कार्य समितिले तोकेको पदाधिकारीले दर्ता दस्तुर वापत लाग्ने एक सय पचास रुपैयाँ संलग्न गरी अनुसूची–१ बमोजिमको ढाँचामा पंजिकाधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दरखास्त साथ देहायका विवरणहरू समेत स्पष्ट रूपमा खुलाइ संलग्न गरिएको हुनु पर्नेछ :
(क) प्रतिष्ठानस्तरको ट्रेड युनियनको नाम र ठेगाना ।
(ख) प्रतिष्ठानस्तरकोट्रेड युनियनको गठन मिति ।
(ग) ऐनको दफा १० बमोजिमको विधानको तीन प्रति ।
(घ) पदाधिकारीहरूको नाम, थर र ठेगाना ।
(ङ) दर्ताको लागि दरखास्त दिंदाको समयसम्ममा सो प्रतिष्ठानस्तरको ट्रेड युनियनको सदस्यता प्राप्त कुल कामदार संख्या र तिनीहरूको
नाम, उमेर, कार्य विवरण एवं प्रतिष्ठानमा गरेको सेवा अवधि ।
(च) दर्ता गर्नको निमित्त पंजिकाधिकारी समक्ष दरखास्त दिने सम्बन्धमा कार्य समितिले गरेको निर्णयको प्रतिलिपि ।
(छ) दर्ता गर्नको निमित्त पंजिकाधिकारी समक्ष दरखास्त दिन कुनै पदाधिकारीलाई अख्तियार गरी तोकेको सम्बन्धमा कार्य समितिको पत्र ।
(ज) दर्ता हुने प्रतिष्ठानस्तरको ट्रेड युनियनको सदस्यता प्राप्त सदस्य कामदारहरूले अन्य प्रतिष्ठानस्तरको ट्रेड युनियनको सदस्यता ग्रहण
नगरेको कुराको स्वीकारोक्ती गरेको कागज ।
(१) ऐनको दफा ३ को उपदफा
(२) बमोजिम प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ता गराउनको लागि कार्य समितिले तोकेको पदाधिकारीले दर्ता दस्तुर वापत लाग्ने एक सय पचास रुपैयाँ संलग्न गरी अनुसूची–१ बमोजिमको ढाँचामा पंजिकाधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दरखास्त साथ देहायका विवरणहरू समेत स्पष्ट रूपमा खुलाइ संलग्न गरिएको हुनु पर्नेछ :
(क) प्रतिष्ठानस्तरको ट्रेड युनियनको नाम र ठेगाना ।
(ख) प्रतिष्ठानस्तरकोट्रेड युनियनको गठन मिति ।
(ग) ऐनको दफा १० बमोजिमको विधानको तीन प्रति ।
(घ) पदाधिकारीहरूको नाम, थर र ठेगाना ।
(ङ) दर्ताको लागि दरखास्त दिंदाको समयसम्ममा सो प्रतिष्ठानस्तरको ट्रेड युनियनको सदस्यता प्राप्त कुल कामदार संख्या र तिनीहरूको
नाम, उमेर, कार्य विवरण एवं प्रतिष्ठानमा गरेको सेवा अवधि ।
(च) दर्ता गर्नको निमित्त पंजिकाधिकारी समक्ष दरखास्त दिने सम्बन्धमा कार्य समितिले गरेको निर्णयको प्रतिलिपि ।
(छ) दर्ता गर्नको निमित्त पंजिकाधिकारी समक्ष दरखास्त दिन कुनै पदाधिकारीलाई अख्तियार गरी तोकेको सम्बन्धमा कार्य समितिको
पत्र ।